सैघाली खबर
दाङ, ३ माघ । ५ नं. प्रदेशको प्रादेशिक राजधानीको माग गर्दै गरिएको बन्दका कारण विहानै देखि दाङको जन जीवन ठप्प रहेको छ । जिल्लाको घोराही, तुलसीपुर,विजौरी, नारायणपुर, लमही,भालुवाङ लगाएतका क्षेत्र पूर्ण रुपमा बन्द रहेको प्रदेशिक राजधानी सरोकार समितिका संयोजक एवं दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालले जानकारी दिनुभयो । बन्दका कारण लामो तथा छोटो दुरीका यातायातका साधन र बजार पनि समेत पूर्ण रुपमा बन्द रहेको छ । दाङ भौगोलीक संरचना ,वातावरणीय सबै किसिमले उपयुक्त रहेकोले ५ नं. प्रदेशको राजधानी दाङलाई तोक्न समेत माग गरेको छ।
दाङ प्रादेशिक राजधानी बन्नका लागी सम्पूर्ण संरचना तयार हुदा पनि सरकारले दाङमा राजधानी बनाउँन आलटाल गरेको भन्दै आन्दोलनमा गएकोे बताउँनुभयो । अहिले एम्बुलेन्स, पानी ट्याङ्क , दमकल दुधका गाडी भने संचालनमा आएका छन् ।दाङलाई प्रादेशिक राजधानी नबनाउने सकेंत भएको भन्दै दगांली स्वस्पूmर्त रुपमा आन्दोलनमा गएको भुषाललेको भनाई छ । दाङलार्इ प्रादेशिक राजधानी तोक्नु पर्नै माग गदै घोराहीमा राजनितिक दलहरु उद्योग बाणिज्य सघं लगाएतका बिभिन्न सामाजिक सघ सस्थाहरु सडकमा उत्रिएका छन।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।