बैदेशिक रोजगारका लागि माघमा १८००० हजारले लिए श्रम स्वीकृति



फागुन १५ ,   काठमाडौं ।  माघमा करिब १८ हजार नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । माघ महिनामा १७ हजार ८ सय ८७ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारीका लागि सबैभन्दा धेरैले अघिल्लो महिना जस्तै यूएई रोजेका छन् । माघमा उक्त मुलुकमा ६ सय ५९ महिलासहित ५ हजार २ सय ८ जनाले श्रम स्वीकृति लिएका छन् ।   वैदेशिक रोजगार विभागले तयार पारेको विवरण अनुसार माघ महिनामा साउदी अरबका लागि १० महिलासहित ४ हजार ९ सय ७८ जना र कतार जान १ सय २ महिलासहित ४ हजार ९ सय ६६ जनाले श्रम स्वीकृति लिएका छन् ।

माघमा प्रदेश नं २ को धनुषा जिल्लाबाट सबैभन्दा बढी कामदार वैदेशिक रोजगारीमा गएका छन् । विभागको तथ्यांकअनुसार गत माघ महिनामा धनुषाबाट ६ महिलासहित १ हजार १४७ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । मलेसियाको रोजगारी शुरु भएपछि धनुषाबाट अत्याधिक रुपमा वैदेशिक रोजगारीमा जानेक्रम शुरु भएको मानिन्छ ।

धनुषापछि झापाबाट धेरै कामदार वैदेशिक रोजगारी गएका छन् । माघमा १ सय ६२ महिलासहित सो जिल्लाबाट ८ सय ५० जना, महोत्तरीबाट ६ महिलासहित ८ सय ८ जना र मोरङबाट ९२ महिलासहित ७ सय ३४ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्