दक्षिण कोरियामा रहेका नेपालीले निशुल्क कोरोना खोप पाउने



सउल ।  दक्षिण कोरियामा रहेका नेपालीले निशुल्क कोरोना खोप पाउने गरि कोरियाले उपलब्ध गराउने भएको छ । देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप शुरुआत गरिएको हो । थेगु शहरको एक अस्पतालमा रहेका ६० वर्षीय जोडी चिकित्सकबाट खोप अभियान शुरु भएको बताइएको छ । अस्ट्राजेनेका कम्पनीद्वारा निर्माण गरिएको यो खोप पहिलो चरणमा ६५ वर्षभन्दा मुनिका कोरियन स्वास्थ्यकर्मी तथा नर्सिङहोमका कर्मचारीलाई लगाउने यहाँको स्वास्थ्य विभागले जनाएको छ ।

पहिलो चरणको कार्यक्रमअन्तर्गत सो खोप कोरियाको एसके बायो–साइन्सले निर्माण गरेको हो । उक्त कम्पनीद्वारा निर्मित १.५७ मिलियन डोज खोप सात लाख ८० हजार व्यक्तिलाई दुईपटक दिन पुग्नेछ । कोरियाले आगामी मार्चको अन्तिमसम्म दुई लाख ८९ हजार स्वास्थ्यकर्मी तथा बिरामीलाई खोपको दुई पटक दिने तयारी गरेको छ ।

यससँगै यहाँ रहेका नेपालीमा खुशीको सञ्चार भएको छ । कोरियाले यसअघि नै यहाँ रहेका विदेशीलाई पनि कोरोनाविरुद्धको खोप निःशुल्क प्रदान गर्ने बताइसकेको छ । यहाँ रहेका हरेक वैधानिक तथा अवैधानिक विदेशीले पनि यो खोप प्राप्त गर्नेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्