महिला हिंसा अन्त्यकाे माग गर्दै कोहलपुरमा प्रदर्शन



फागुन १५, काठमाण्डाैं  । महिला हिंसा अन्त्य गर भन्दै आज बाँकेको कोहलपुरमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नगर समिति कोहलपुरले विरोध प्रदर्शन गरेको छ । आपराधिक घटना भएको यत्तिका दिन बित्दा समेत अपराधीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासन असफल भएको भन्दै दोषीलाई तत्काल पक्राउ नगरिए आन्दोलनलाई देशव्यापी बनाउने राप्रमसं कोहलपुर नगर समिति अध्यक्ष लक्ष्मी कुमारी हमालले बताउनुभयो ।

केही समय अघि नेपालगन्ज उपमहानगरपालिका निवासी एक किशोरीको बलात्कारपछि निर्घात कुटपिट गरी हत्याको प्रयास समेत भएको र हालसम्म पनि अपराधी पत्ता लगाउन प्रशासन मौन रहेको भन्दै बाँकेमा नियमित जस्तै विरोध प्रदर्शन भइरहेका छन् ।
राप्रमसं कोहलपुर नगर कार्य समितीकी अध्यक्ष लक्ष्मी कुमारी हमालको नेतृत्वमा कोहलपुरको एनसीसीएन निस्किएको विरोध ¥याली इलाका प्रहरी कार्यालय हुँदै चौराहामा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा राप्रपाका केन्द्रीय कार्य सम्पादन समिति सदस्य हिक्मत ढकाल, मिडिया नेपालका उपाध्यक्ष श्रीधर सुवेदी, मिडिया नेपालका सुदुरपश्चिम सह संयोजक पुरु दाहाल लगायत नगरका भातृ संगठनका पदाधिकारी तथा सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्