काेमल वलीकाे प्रश्न – रघुजी कसरी नेता बन्नुभयाे ?



१६ फागुन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को  नेता रघुजी पन्तको गलत टिप्पणीको राष्ट्रियसभा सदस्य कोमल वलीले प्रतिवाद गरेकी छन् । उनले सामाजिक सञ्जाल मार्फत पन्तको निचताको निन्दा गरेकी हुन्  ।

उनले भनेकी छिन ‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदाे रहेछ भन्ने बल्ल आएर खुलेकाे छ । पन्तजीलाई मेराे प्रश्न – तपाईकाे पार्टीमा कुनै पदमा रहनु भएका महिला नेतृहरुले काे कसलाई पिंडुला देखाएर त्याे स्थानमा पुग्नु भएकाे हाे ? के याे देशमा महिलाले कुनै काम गर्न, कुनै पदमा पुग्न र सफलता हासिल गर्न तपाईकाे जस्ताे दरिद्र साेचकाे सिकार हुनुपर्छ ?’

वलीले भनेकी छिन ‘पुर्वीया दर्शन देखि मानव विकासमा महिलाको उच्च सम्मान समाजको कसिमा उत्तीर्ण भएर भएको छ । प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेको हो । एकअर्काको आदर सम्मान विना समाजमा न्याय समानता र विवेकशीलताको अन्त हुन्छ । समाज हिंसा तिर जान्छ र दया करुणा जस्ता कुरा हराउँछन् ।’

उनले अघि भनेकी छिन ‘तसर्थ एकले अर्कालाइ सम्मान गर्नु जीवनलाई मर्यादित र सरल बनाउनु हो । तर नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिंडुला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ वहाँको मानव बिकासका क्रममा बन्ने तन्तु हरु विचैमा रोकिएको जस्तो छ । वहाँले प्रयोग गर्ने शव्दहरुले आफ्नो आमा दिदीबहिनी सबैलाई अपमान गरेको छ । विवेक हिन मानिसको आलोचना ले आफैलाई आलोचित गर्दछ। यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होला , भनेर हेर्न सकिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्