आमा-बाबु दुवै अर्काअर्कैसँग बिहे गरेर हिँडे । अलपत्र छोरी भने गुजाराको संघर्षमा थिइन् । कामको प्रलोभन दिँदै एकजनाले डेरामा लगे । बन्धक बनाएर केही दिन बलात्कार गरे । मुस्किलले फुत्किएकी १५ वर्षीया बालिका चिनेजानेकाको शरणमा पुगिन् । तिनकै सहयोगले आरोपित समातिए ।
आरोपितले बलात्कार स्विकारिसके । बालिका प्रहरी संरक्षणमा छिन् तर, एउटा कानुनी जटिलता आएको छ- आँखै अगाडीको बलात्कारी बारे किटानी जाहेरी कसले दिने ? आफन्त को छन्, कहाँ छन् ? पीडितलाई थाहा छैन । स्वयम् उनका लागि उजुरी दिन कानुनले रोक्छ । किनकि, उनको उमेर पुगेकै छैन ।
बालिकामाथि बलात्कार हुन सक्छ तर, कानुनले तिनलाई स्वयम् उजुरी गर्न रोक्दो रहेछ । पीडित मात्र होइन, प्रहरी पनि यही जटिलताले रनभुल्लमा छ । मोरङको उर्लाबारी–५ घर बताउने बालिकालाई बुवा-आमा कहाँ छन् भन्ने पत्तो छैन ।
आमाबुवा दुवै जनाले अर्कै बिहे गरेको भन्ने सुनेकी छन् । आठ वर्षको उमेरदेखि नै अभिभावकविहीन बनेकी उनलाई आफन्तको साथसमेत मिलेन । भोक लाग्दा चिनजानकासँग मागेर खानु उनको बाध्यता बन्यो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।