राजनिती

निर्वाचनमा सहकार्य गर्न सहमत, संयुक्त प्रेसविज्ञप्ति

By Thah Online

February 28, 2021

काठमाडाैं ।  पत्रकार महासंघकाे निर्वाचनका लागि सहमति भएकाे छ ।   हामी तपशिलका विषयहरूमा निम्नलिखित सङ्गठनहरू नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनमा सहकार्य गर्न सहमत भएका छौँ । १. श्रमजीवी पत्रकारहरूको हकहितको पक्षमा विगतदेखि आन्दोलनरत रहँदै आएका हामी पत्रकार सङ्गठनहरूबिचको विगतको सहकार्यलाई आसन्न निर्वाचनको क्रममा निरन्तरता दिन प्रतिबद्ध छौँ । २. नेपाल पत्रकार महासङ्घको सबै तहका संरचनाहरूमा वैचारिकलगायत विभिन्न जाति, भाषा, क्षेत्र र लैङ्गिक रूपमा साझा र समावेशी हुने गरी सबै क्रियाशील ससङ्घ–सङ्गठनको प्रतिनिधित्वको सुनिश्चितताका लागि सम्बन्धित सबै पक्षसित अपिल गर्दछौँ । ३. पत्रकारहरूको पेसागत एवम् भौतिक सुरक्षाका लागि सम्बन्धित निकायलाई पहल गर्न र खबरदारी गर्न आह्वान गर्दछौँ । ४. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टीका लागि सम्बन्धित निकायमा दबाब सृजना गर्दै प्रेस स्वतन्त्रता विरोधी कानुनहरूको खारेजीको माग गर्दछौँ । ५. नेपाल पत्रकार महासङ्घको निर्वाचनलाई सहमतीय प्रणालीबाट सम्पन्न गर्न सरोकारवाला सबै पक्षसित अपिल गर्दछौँ ।

मिति २०७७ फागुन १६ गते १. उदय जिएम, अध्यक्ष, प्रगतिशील पत्रकार संघ, नेपाल २नारायण पंगेनी, का.वा अध्यक्ष, क्रान्तिकारी पत्रकार महासंघ ३. शेरबहादुर विक, संयोजक, जनपत्रकार संगठन नेपाल ४. केशव अर्याल, अध्यक्ष, प्रेस नेपाल