न्यायाधीशकी श्रीमती ब्राउनसुगरसहित पक्राउ



तुलसीपुर । प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक जना महिलालाई पक्राउ गरेको छ।

तुलसीपुर उपमहानगरपालिका ५ स्थित ४२ बर्षीया तुलसा पोखरेलको घरबाट २ ग्राम २२ मिलिग्राम ब्राउनसुगरसहित आइतबार दिउँसो पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरिक्षक शिबबहादुर सिंहले जानकारी दिएका छन् । पक्राउ परेकी महिला उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश मदन पोखरेलकी श्रीमती हुन्।

प्रहरीले तुलसीपुर बजारस्थित पोखरेलको घर अगाडि पार्किङ गरेर राखेको पोखरेलको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्कि भित्र प्लास्टिकमा राखेको अवस्थामा बरामद गरेको जानकारी दिएको छ।

प्लाष्टिकसहित तौलगर्दा २ ग्राम२२ मिलिग्राम ब्राउनसुगर बरामद भएको डिएसपी सिंहले बताए। पोखरेललाई इप्रका तुलसीपुरको हिरासतमा राखिएको छ। उनी न्यायाधीश पोखरेलकी कान्छी श्रीमती हुन् । उनीमाथि लागूऔषध सम्बन्धी मुद्दा चलाइने प्रहरीले बताएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्