गाउँ छिरेको प्रतिगमन कसरी रोक्ने ?



उत्पीडित वर्गको पार्टी कम्यूनिष्ट पार्टी र ऐतिहासिक द्धन्दात्मक भौतिकवादी विश्व दृष्टिकोण उसको मार्गदर्शन हो । यो विषयमाथि छोटो तवरले व्याख्या गर्नु आजको आवश्यकता ठहरिन्छ । अनुशासन र अनुसन्धान यो वर्गका लागि किन गरिएको थियो ? के आजसम्मको माक्र्सवादी सिद्धान्तको खोज कल्पना मात्र हो ? जसको प्रयोग हामीबाटै सम्भव छैन भने यो संसारमा कहाँबाट र किन आयो ?

नेपालमा चलेको अन्तरसंघर्ष जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त गणतन्त्र नेपालको संविधान हाम्रो होइन ? जसलाई हामी गैरकम्युनिष्ट विचार र व्यवहार भन्छौं त्यसैले मनपरी कुल्चेर हिँड्यो तर मेन्सेविकहरूका पछाडी भ्रमित भएरै केही शक्ति लागेको कुरा होला । सारमा योजनाबद्ध हो हामीहरू जो भ्रमित छौं त्यो योजना विहीनता हो ।

योजनावद्ध ढंगले आफ्नो दृष्टिकोणको आधारमा वर्गलाई संगठित गर्ने र नेता बन्ने कुरा ठिक हो तर नेपालमा प्रतिगमनबाट पनि नेतृत्व संख्यात्मक रुपमा निर्माण गर्न सशक्त रूपमा अघि बढ्न कोसिस गर्नु वर्ग विरोधीहरूको राजनीति हो । वर्ग विरोधीहरू सखाप पार्नु भन्दा उस्कै पक्षमा त्यही वर्गको ब्यक्ति हिंड्ने भएपछि कम्युनिष्टहरूले उत्पीडित वर्गको भविष्य संरक्षण गर्न इतिहासमा जति सके वर्तमान र भविष्यमा चुनौतिपूर्ण बनेको छ ।

कम्युनिष्टहरूले वर्तमानमा आफ्नो दृष्टिकोणमा आफ्नो वर्गलाई किन गोलबन्द गर्न सकिरहेका छैनन् ? की आफै आफूलाई कम्युनिष्ट हुँ भन्नेहरू नै स्पष्ट छैनन् ? यो आजको गम्भीर अनुसन्धानको विषय हो । की कम्युनिष्टहरू उत्पीडित वर्गप्रति इमान्दार र कर्तव्यनिष्ठ छैनन्न् ? छन भने किन गोलबन्द गर्न सकिरहेका छैनन् ? किन उत्पीडितहरुमा विश्वासको संकट आयो ? २० औं शताब्दीमा कम्युनिष्टप्रति जागरण र विश्वास पलाउने तर २०औं शताब्दीमा आएर विकर्षण र निरासता किन आयो ?

परिस्थितिको आवश्यकता र विकाससँग कि त कम्युनिष्टहरूले आफूलाई परिवर्तन गर्न सकेनौ की त ? कम्युनिष्ट कुरा व्यवहारमा दलाल तथा नोकरसाही पुँजीवादको गोटी बन्यौं । अर्को कुरा उत्पीडित वर्गको आधारभूत आवश्यकता पूरा गर्न समाजवादी क्रान्तिको संवैधानिक बाटो हामीले पूरा गरेका छौं । त्यसलाई कुल्चनेहरु आज सरकारमा विराजमान छन् ।

यही विघटित संसद पुनःस्र्थापनाको अवस्थाले पनि हामीलाई पूर्ण आशा गरिरहेका छैनन् । संघर्षको बाटोमा लाग्नेहरू र प्रतिगमनको बाटो पछ्याइरहनेहरू पनि उही अवस्थाको देख्दा नेपालमा प्रतिक्रान्ति शक्तिशाली हिसाबले गाउँ टोलसम्म पुगेको छ भन्ने कुरा बुझ्नु नै वस्तुसंगत ठहर्नेछ ।

समग्र विषयहरुको निष्कर्ष सहित अगाडी बढ्ने भनेको त्यही बाटो हो जो हामीहरूले अवलम्वन गरेको कार्यदिशामा परिवर्तन गर्न आवश्यक भै सक्यो । वस्तुगत अवस्था अगाडी जाने तर हामीहरू पछाडी हट्ने वा यथास्थिति मै रमाउँदै सानो उपलब्धिलाई ठूलो उपलब्धि ठान्दै निरन्तर क्रान्तिको सिद्धान्तलाई भुल्नु आजको हाम्रो गम्भीर समस्याको रूपमा देखियको प्रतिक्रान्ति हो ।

सिद्धान्त, व्यवहार, सक्रियता, संगठन र समाजबाट अलगअथग बनिरहेको हाम्रो अवस्थालाई सुधार गर्ने भनेको पुनः फलामको चिउरा हाम्रा लागि सावित हुँदैछ । जीवन र व्यवहार एक कम्युनिष्ट पार्टीका लागि अनिवार्य सर्त हुन झनै पार्टीको केन्द्रीय कार्यालय कति उत्पीडित वर्गको अगाडी विश्वासी बन्यो ?

भन्ने कुरा केन्द्रिय विषय हो । बाँकी तल सेल समितिसम्म जीवन भर्नु र अनुशासित तवरले उत्पीडित वर्ग सम्म पुग्नु अन्य नेतृत्वदायी अंगको दायित्व हो । हामीहरू सबैको सामुहिक जीवन र व्यक्तिगत जिम्मेवारी आजको आवश्यकता जसले पूर्ती गर्छ त्यो नै वर्तमान र भविष्यको सामाजिक अभियन्ता हुनेछ ।

लेखकः नेकपा दाहाल-नेपाल समूहका दाङका नेता हुन् ।
 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्