दोस्रो चरणको पहिलो काेराेना खाेप संसदहरुलाई दिइने



फागुन १७ ,  काठमाडौं।  दोस्रो चरणको पहिलो काेराेना खाेप संसदहरुलाई दिइने तयारी गरिएकाे छ ।   सरकारले कोभिड–१९ विरुद्धको दोस्रो चरणको पहिलो खोप संघीय संसदका सांसदहरुलाई दिने निर्णय गरेको हो। संसद बैठक अघि नै सांसदहरुलाई कोरोना खोप दिइने तयारी  भएको छ।

२३ गतेदेखि संञ्चालन हुने  ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिने तालिका भए पनि सांसदहरुलाई १९ गतेदेखि नै खोप दिइने भएको हो। १९ गतेदेखि खोप लागाउनेमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्य तथा संसद सचिवालयका कर्मचारी गरी जम्मा १ हजार ५ सय जनाको सूची तयार पारिएको छ।

उनीहरुलाई काठमाडौंको सिभिल अस्पतालबाट ३ दिनभित्रमा खोप दिइसक्ने स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सरकारले यही फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाएकाले सो बैठक अघि नै सांसद तथा संसद सचिवालयका कर्मचारीलाई खोप दिन लागेको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्