ज्यान मार्ने उद्योगमा दीपक मनाङगे लाई पाँच वर्ष जेल सजाय हुने



सैघाली खबर
काठमाडौं,३ पुस


सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा राजीव गुरुङ (दीपक मनाङ्गे)लाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेको छ । न्यायाधीशहरु दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मंगलबार यस्तो निर्णय गरेको हो । मनाङ्गे प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य (स्वतन्त्र) निर्वाचित हुनुभएको छ ।

प्रदेशसभा सदस्यको सपथ नलिँदै मनाङ्गे ज्यानमुद्दामा दोषी ठहर भएपछि सांसद पद गुमेको छ । सर्वोच्चले कर्तव्य ज्यान मुद्दामा मनाङ्गे समूहका चारजनालाई सफाइ दिने पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गरेको छ । मनाङ्गे समूहका गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दिने २०६४ सालको पुनरावेदनकै फैसला सर्वोच्चले सदर गरेको हो ।

सर्वोच्चको आदेशसँगै कांंग्रेस नेता समेत रहेका डन गणेश लामा सहित चार जनाले सफाइ पाएका छन् ।दीपक मनाङ्गेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार होनेको थियो । प्रहरीले मनाङ्गे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता र्गयो तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्