प्रहरीले युनिफर्म लगाएको फोटो सामाजिक सञ्जालमा हाल्न नपाउने



काठमाडाैं  । सामाजिक सञ्जाल प्रयोग गर्दा यस सम्बन्धि आचारसंहिता पालना गर्न नेपाल प्रहरीले आफ्ना कर्मचारीलाई सचेत गराएको छ । प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयलाई सर्कुलर जारी गर्दै संगठनको छविमा नकारात्मक प्रभाव पार्ने गरी सामाजिक सञ्जाल प्रयोग नगर्न कर्मचारीहरुलाई निर्देशन दिएको हो ।

प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने ‘आचार संहितासम्बन्धी कार्यादेश, २०७७’ बिपरीत हुने गरी फेसबुक, ट्वीटर, यूट्युब लगायतमा संगठनसंग सम्बन्धित सामाग्री शेयर नगर्न आग्रह गरेको छ ।

‘प्रहरी संगठनको छवि–क्रियाकलापमा नकारात्मक प्रभाव पार्ने खालका सामाग्रीहरू फेसबुक, ट्वीटर, यूट्युब, टिकटक लगायतमा पोष्ट, शेयर, ट्याग, कमेन्ट, लिङ्क शेयरिङ, ट्वीट तथा रि–ट्वीट नगर्नु हुन अनुरोध छ’, जारी सर्कुलरमा भनिएको छ । प्रहरीले सुपरीवेक्षण तहमा रहेका अधिकृतहरूलाई त्यसको अनुगमन तथा निर्देशनको जिम्मा दिएको छ । प्रहरीले युनिफर्म लगाएको फोटो समेत सामाजिक सञ्जालमा हाल्न पाउने छैनन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्