सशस्त्र प्रहरीद्वारा एक लाख भन्दा बढीको मालसामान बरामद



यादव / नवलपरासी पश्चिम १७ फागुन नवलपरासी पश्चिम जिल्लाको बिभिन्न स्थानबाट करीब १ लाख ८५ हजार १ सय ७० रूपैयाँ मुल्य बराबरको अवैध मालसामान सशस्त्र प्रहरीले नियन्त्रण लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा. नवलपरासी पश्चिम मातहत बि.ओ.पि.गुठिप्रसौनी , बि.ओ.पि.भुजहवा र सुरक्षा वेश क्याम्प सेमरीबाट जिल्लाको प्रतापपुर गाउँपालिका वडा न.२ सिसनिया ,वडा न. ६ कठहवा र सरावल गाउँपालिका वडा न.६ भटौलिया ईलाकाहरुमा खटिई गएको मोवाईल तथा पैदल गस्ति टोलिले भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउँदै गरेको १ लाख ८५ हजार १ सय ७० बराबरको लत्ताकपडा, चिनी, ज्वेलरीका सामानहरु र कस्मेटिक्स सामानहरु बरामद गरी आवश्यक कार्यवाहीको लागी महेशपुर भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा. नवलपरासी पश्चिमका सुचना अधिकारी माधव रेग्मीले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्