आफुलाई फसाईएको भन्दै तुलसा प्रहरी सामु रोइन म्याद थपका लागि घोराही लगियो



फागुन १७ । स्कूटरबाट ब्राउन सुगर बरामद भएपछि पक्राउ परेकी ४२ बर्षीया तुलसा पोखरेललाई सोमबार प्रहरीले म्याद थपका लागि घोराही पठाएको छ ।तुलसीपुर ५ स्थित पोखरेलको घर भित्रै राखेको स्कूटरमा प्रतिबन्धित लागु औषध ब्राउन सुगर बरामद भएपछि प्रहरीले उनलाई आइतवार दिउँसो पक्राउ गरेको थियो । तर, पोखरेलले भने आफुलाई षडेन्त्र पूर्वक फसाईको बताउँदै आएकी छन् । एक प्रहरी अधिकारीका अनुसार आफन्तले नै आफुलाई फसाएको भन्दै तुलसा प्रहरी समक्ष रुने गरेको जानकारी दिए ।
म्याद थपका लागि घोराही लैजान खोज्दा समेत पोखरेल रोई कराई गर्दै जान नमानेको प्रहरी अधिकारीले बताएका छन् । प्रहरी अधिकारीका अनुसार तुलसा राति बेहोसपनि भएकी थिइन । उनी बेहोस भएपछि प्रहरीले राति उनलाई अस्पतालमा उपचारका लागि पु¥याएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहकी जिल्ला कमिटी सदस्य समेत रहेकी तुलसालाई षडेन्त्र पूर्वक फसाईएको भन्दै नेकपाका नेताहरुले समेत प्रहरीमाथि ब्यापक दबाब सृजना गरेको ती प्रहरी अधिकारीले बताए

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्