बागबजारबाट रिलायवल एचआर सोलुसनका सञ्चालक पक्राउ



काठमाडौं, १७ फागुन

वैदेशिक रोजगार ठगी मुद्दामा फरार रहेका प्रतिवादी नवलपरासी देवचुली नगरपालिका-१३ घर भई रिलायवल एच.आर. सोलुसन प्रालिका संचालक ४८ वर्षीय गुरुदत्त पौडेललाई काठमाडौं बागबजारबाट आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगार न्यायाधिकरणको २०६८ माघ १७ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका पौडेललाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं बागबजारमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पौडेललाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

साथै, सिंगापुरमा आकर्षक रोजगारीको प्रलोभन देखाई, झुक्यानमा पारी पीडितसँग ४ लाख ५० हजार रुपैयाँ लिई दुबई पठाई ठगी गरेको वैदेशिक रोजगार सम्बन्धि कसूरमा वैदेशिक रोजगार न्यायाधिकरण काठमाडौंबाट प्रतिवादी पौडेललाई वैदेशिक रोजगार ऐन, २०४२ को दफा २४ को उपदफा ५ बमोजिम उक्त सजाय भएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्