डोजरले बाटो खन्दै गर्दा बाटो काट्ने क्रममा माटोले पुरिएर कुमालको मृत्यु



१७ फागुन, धादिङ । उत्तरी धादिङमा डोजरले माटो फाल्दै गर्दा बाटो काट्ने क्रममा माटोले पुरिएर एक जना महिलाको मृत्यु भएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका – १, सल्यानटारमा पिच सडक निर्माण लागि बाटो फराकिलो पार्ने क्रममा डोजरले फालेको माटोले पुरिएर एक जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो ।

डोजरले बाटो खन्दै गर्दा माटोले पुरिएर ४५ वर्षीया सरस्वती कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।सडक निर्माणकाे लागि डाेजरले माटो फालिरहेको क्रममा बाटो पार गर्न लागेकी कुमाल पुरिएकी थिईन ।

घटना पछि मृतक कुमालको शव पोष्टमार्टमका लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको बताईएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्