टप फिचर

नयाँ स्मार्टफोन नोकिया १.४ सार्वजनिक

By Thaha - Online

March 01, 2021

काठमाडौं । नोकिया फोनहरूको होम्स एचएमडी ग्लोबलले आफ्नो नयाँ स्मार्टफोन नोकिया १.४ सार्वजनिक गरेको छ। ६.५१ इन्च इड्ज–टु–इड्ज सम्म फैलिएको एक प्रभावशाली स्क्रिन रियल इस्टेटलेपूर्ववर्ती भन्दा यो लगभग एक इन्च ठूलो छ, र नोकिया १ सिरिजकै सबैभन्दा ठूलो हो। नोकिया १.४ क्षणमा ईन्जिनियर र निर्मित गरिएको फोन रहेको कम्पनीले जनाएको छ।

एचएमडी ग्लोबलका हेड अफ एसियाका रबि कुँवरले नोकिया १.४ मा फोटोग्राफीका लागि गुगलको एआईद्वारा पहिले नै सुधारेको म्याक्रो क्यामेरा पनि थपेको बताए। नोकिया १.४मा स्क्रीनको आकार अधिकतम क्षमतामा बढायौं ताकि अभिभावक, हेरचाहकर्ता र बच्चाहरू जडित र लाभकारी रहन सक्ने उनले बताए।

उनका अनुसार, गुगलको एआई द्वारा पहिले नै सुधारेको क्यामेरा गो एपमा हामीले घर वा बाहिरका उत्कृष्ट क्लोज–अपहरू क्याप्चर गर्न म्याक्रो क्यामेरा पनि थपेका जानकारी दिए।

नयाँ विस्तारित एचडी प्लस स्क्रिन भिडियो कलिंग एप पनि रहेको छ। ६‍.५१ इन्च एचडी प्लस इड्ज–टु इड्ज, नोट जत्तिकै ठूलो र नोकिया १ सिरिजमा अहिलेसम्मकौ सबैभन्दा ठूलो उपकरणले परिवारहरूलाई मनोरञ्जन र होम स्कुलको वृद्धिको बीचमा इमर्सिभ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

नोकिया १.४ नेपालमा १७ फागुन देखि उपलब्ध हुनेछ र यो २ जीबी र्याम र ३२ जीबी रोममा रु १२,८९९ ग्रे र पर्पल डस्क कलर भेरियन्टमा उपलब्ध हुनेछ।