मेरो ज्यान तलमाथी भयो भने अनौठो नमान्नुः प्रम ओली



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूमाथि शारिरीक हमला वा ज्यान तलमाथि भइहाल्यो भने पनि अनौठो नमान्न कार्यकर्ताहरूलाई ढाडस दिएका छन् । सोमबार पोखरामा आफ्नो पक्षका कार्यकर्तालाई प्रशिक्षित गर्दै प्रधानमन्त्री ओलीले पार्टीको नेतृत्वमा रहेका हुनाले, यस पार्टीलाई अघि बढाइरहेको हुनाले, सरकार प्रभावकारी र गतिशील ढंगले सञ्चालन गरिरहेको हुनाले, विकास निर्माणको कामहरूले गति लिइरहेको हुनाले आफूमाथि प्रहार केन्द्रित रहेको बताए ।

उनले अगाडि भने, ‘यदि ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भने पनि कुनै अनौठो नमान्नु होला । तर, त्यस्तो हुन दिइने छैन हामी सतर्कता अपनाउँछौँ ।’ उनले आफू नरहे पनि पार्टी र आन्दोलन रहिरहने भन्दै पार्टी कुनै पनि हालतमा तलमाथि नपर्ने बताए । उनको सुरक्षामा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी चौबिसै घण्टा तैनाथ हुन्छन् । यसका बाबजुद प्रधानमन्त्री कसरी असुरक्षित हुन सक्छ ।

देशको प्रमुख कार्यकारीले नै आफूलाई असुरक्षित महसुस गर्ने हो भने नेपाली जनताको सुरक्षा अवस्था कस्तो होला र उनीहरुले कसरी आफूलाई सुरक्षित महसुस गर्ने ? प्रश्न उठ्नु स्वाभाविक नै हो । ‘म नरहे पनि केही छैन । आन्दोलन छ, पार्टी छ, यस आन्दोलनले प्रतिक्रियावादी तत्वका मतियारहरुसँग घुँडा टेक्नु हुँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘देशको भविष्य अन्धकारमा जान दिन हुँदैन । यस पार्टीलाई तलमाथि पर्न दिन हुँदैन ।’

प्रधानमन्त्री ओली एक व्यक्तिमात्र होइनन्, देशको प्रमुख कार्यकारी पनि हुन् । यसर्थ उनका भनाइलाई कसैले हलुका रुपमा लिने धृष्टता गर्नु हुँदैन । देशको प्रमुख कार्यकारीसँग सिङ्गो राज्यसंयन्त्र छ । उनी प्रधानमन्त्री मात्र होइन, नेपाली सेनासमेत समेटिएको रक्षा मन्त्रालयको कार्यभार उनी स्वयंले सम्हालेका छन् । यस अतिरिक्त गुप्तचर संयन्त्रलाई उनले आफू मातहत नै राखेका छन् ।

उनको सुरक्षामा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी चौबिसै घण्टा तैनाथ हुन्छन् । यसका बाबजुद प्रधानमन्त्री कसरी असुरक्षित हुन सक्छन् ? देशको प्रमुख कार्यकारीले नै आफूलाई असुरक्षित महसुस गर्ने हो भने नेपाली जनताको सुरक्षा अवस्था कस्तो होला र उनीहरुले कसरी आफूलाई सुरक्षित महसुस गर्ने ? प्रश्न उठ्नु स्वाभाविक नै हो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्