चीनले नेपाललाई दिने कोरोनाविरुद्धको खोपको परिमाण फेरि थप



काठमाडौं। चीनले नेपाललाई दिने कोरोनाविरुद्धको खोपको परिमाण फेरि थप गरेको छ । चीनले नेपाललाई आठ लाख डोज कोरोना खोप अनुदान दिने घोषणा गरेको हो।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमवार ट्वीट गर्दै नेपाललाई दिने खोपको मात्रा बढाएर आठ लाख पुर्‍याएको जानकारी दिएकी हुन्। यसअघि चीनले ५ लाख डोज कोरोना खोप अनुदान दिने घोषणा गरेको थियो।

चिनियाँ कम्पनी सिनोफर्मले उत्पादन गरेको खोप अनुदानमा दिन लागेको हो। उक्त खोपले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाइसकेकोे छ। अहिले नेपालमा भारतबाट ल्याइएको खोप प्रयोग भईरहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्