प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने नेविसंघका विद्यार्र्थी प्रहरी नियन्त्रणमा



पोखरा। प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने नेविसंघका विद्यार्र्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ, पोखरामा प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाउन खोज्ने नेविसंघका ५ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।नेकपा ओली समूहको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सोमबार पोखरा पुगेका प्रधानमन्त्री ओलीलाई नेविसंघमा आवद्ध विद्यार्थीहरुले कालो झण्डा देखाउने प्रयास गरेका थिए ।

कालोझण्डा देखाउने क्रममा पोखराको नदीपुरबाट नेवि संघका प्रताव बानिया, अशिम शुवेदी, सन्देश ठकुरी, रमेश चन्द्र जैसी र नसिब गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो। विद्यार्थी नेताहरु पक्राउ परेपछि नेविसंघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै त्यसको विरोध जनाएको छ। प्रहरीको नियन्त्रणमा रहेका आफ्ना विद्यार्थी नेताहरुलाई तत्काल रिहा गर्न नेविसंघका अध्यक्ष राजीव ढुंगानाले माग गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्