eQmk'/, ( kmfu'g M g]kfn sDo'lgi6 kf6L{sf ;+:yfks Pj+ dWok'/lyldsf afl;Gbf gf/fo0fljnf; hf]zLsf] :d[ltdf dWok'/lylddf lgdf{0f x'g nfu]sf] gf/fo0fljnf; hf]zL :d[ltdf k|lti7fgsf] z'qmaf/ ePsf] ejg lznfGof; sfo{qmddf af]Nb} g]kfn sDo'lgi6 kf6L{ -g]skf_sf cWoIf k"j{ k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú . tl:j/ M /d]z lu/L, /f;;

Banner Second

पूर्णरुपमा पतन नहुँदासम्म ओली जीले बेइमानी गर्नुहुन्छः दाहाल

By थाहा अनलाइन

March 01, 2021

काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीमा सम्पूर्ण रुपमा पतन नहुञ्जेल बेइमानी र प्रतिक्रियावादी पात्र देखिएको बताएका छन् । नेपाल कर्मचारी राष्ट्रिय महासंघको साधारणसभामा बोल्दै सोमबार दाहालले ओलीसँग कुनै पनि नैतिकता र इमान नरहेको बताए ।

सर्वोच्च अदालतले ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक भनिसकेपछि नैतिकताको आधारमा राजीनामा दिनुको सट्टा आफैंले जितेजस्तो दम्भ देखाइरहेको दाहालले बताए । ‘संसारको परम्परा र नजिर हाम्रै अगाडि छ, यस्तो अलोकतान्त्रिक कदम खारेज भएपछि त राजीनामा दिनुपर्ने हो,’ दाहालले भने, ‘केपीजीको कुरा सुन्छु म, म झन् बलियो भएँ, जितेँ भनेजस्तो, हारेपछि बलियो हुने क्या, त्यस्तो नि हुन्छ ?’ दाहालले अब के गर्न बाँकी छ ओलीजी भन्दै प्रश्न पनि गरे ।

‘संकटकाल लगाएर देखाउने भन्नुभएको हो कि, उहाँ त सर्वोच्चले यति गरेपछि एक मिनेट पनि पदमा बस्न नहुने हो,’ दाहालले भने, ‘विश्व कम्युनिष्ट आन्दोलनको एउटा भनाइ छ, जनताको नियम र संघर्ष छन्, जतिबेलासम्म जित हुँदैन, संघर्ष हुन्छ, प्रतिक्रियावादीहरू सफल हुँदैनन्, जबसम्म पतन हुँदैनन्, बर्बर गर्न छोड्दैनन्, केपीमा पनि त्यही पतन नहुञ्जेल बेइमानी गर्न नछोड्ने प्रतिक्रियावादी पात्र छ ।’

दाहालले पार्टी एकताको प्रसंग निकाल्दै ओलीमा इमानदारी, वैचारिक निष्ठा, जिम्मेवारीबोध केही पनि नरहेकाले उनीको बेइमानी र जालझेलपूर्ण कामको विरूद्धमा संघर्ष भएको बताए । त्यो संघर्ष विधि, पद्धति र विचारको लडाइँ भएको दाहालले बताए । ‘सचिवालयको बहुमतलाई निर्णय, स्थायी समिति, केन्द्रीय समितिको बहुमतको निर्णयलाई नमान्ने । संसदको दुई तिहाइलाई पनि नमान्ने, निकै ठूलो प्रतिक्रान्तिकारी कदम चाल्नुभयो,’ दाहालले भने, ‘संविधान खारेज गर्नेसम्मको प्रतिगमनकारी कदम चाल्नु भयो ।’