घोराही कपास उद्याेगमा आगलागि हुँदा २५ लाख बराबरको क्षति



कपास उद्याेगमा आगलागि हुँदा २५ लाख बराबरको क्षति घोराही । घोराहीस्थित राप्ती कपाँस उद्योगमा आगलागी भएको छ । सोमबार दिउँसो साढे ४ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १५ मा सुकलाल रावतले सञ्चालन गरेको कपाँस उद्योगमा आगलागी भएको छ । जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले बिद्युत सर्ट भइ आगो लाग्दा झन्डै २५ लाख बराबरको माल सामान जलेर नष्ट भएको अनुमान गरिएको जानकारी दिए । आगो दमकल, स्थानीय र प्रहरीले मिलेर बेलुकि मात्रै नियन्त्रणमा लिएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्