दुई ट्रक जुधे, दुई चालक कै मृत्यु भयो



नारायणगढ । महेन्द्र राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्कौलीमा दुईवटा ट्रक जुध्दा दुवै चालकको मृत्यु भएको छ ।

दुर्घटनामा दुई जना घाइते छन् । इलाका प्रहरी कार्यालय रजहरका अनुसार सोमबार राति साढे १२ बजे भएको दुर्घटनामा मृत्यु हुनेमा पोखराका खिमबहादुर विक र मकवानपुरका राजकुमार न्यौपाने छन् ।

उनीहरूको डन्डास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा बिहान ३ बजे मृत्यु भएको हो । सहचालक विश्वास साही र घनश्याम खड्का घाइते भएका छन् । उनीहरूको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । विपरीत दिशाबाट आउँदै गरेका ना३ख ३०११ र ना७ख ७०२३ नम्बरका ट्रक जुधेका हुन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्