न्यायाधीशकी पत्नि तुलसा पोखरेल माथि अनुसन्धान गर्न ७ दिनको म्याद थप



घोराही। स्कूटरबाट ब्राउन सुगर बरामद भएपछि पक्राउ परेकी न्यायाधीश मदन पोखरेलकि पत्नि तुलसा पोखरेल माथि अनुसन्धानका लागि ७ दिनको म्याद थप गरेर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । दाङ देउखुरि जिल्ला अदालतले पोखरेललाई थुनामा राखि अनुसन्धान गर्न ७ दिनको अनुमती दिएको हो ।

४२ बर्षीया पोखरेलाई आइतवार दिउँसो उनकै घरबाट उनैले प्रयोग गर्ने स्कूटरबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर बरामद गरेको थियो ।  प्रहरीले गोप्य सूचनाका आधारमा तुलसीपुर ५ स्थित घरमा राखेको उनको स्कुटरबाट ब्राउन सुगर बरामद गरेपछि उनलाई पनि नियन्त्रणमा लिएको थियो । सोमवार पोखरेल माथिको अनुसन्धानका लागि सात दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय दाङका एसपि गणेश चन्दले जानकारी दिए। म्याद थपका लागि घोराही ल्याउनेक्रममा न्यायाधीशकि पत्नि तुलसाले आफुलाई फसाईएको भन्दै प्रहरी सामु रोइन !

तर, पोखरेलले भने आफुलाई षड्यन्त्र पूर्वक फसाईको बताउँदै आएकी छन् । एक प्रहरी अधिकारीका अनुसार आफन्तले नै आफुलाई फसाएको भन्दै तुलसा प्रहरी समक्ष रुने गरेको जानकारी दिए । म्याद थपका लागि घोराही लैजान खोज्दा समेत पोखरेल रोई कराई गर्दै जान नमानेको प्रहरी अधिकारीले बताएका छन् । प्रहरी अधिकारीका अनुसार तुलसा राति बेहोसपनि भएकी थिइन । उनी बेहोस भएपछि प्रहरीले राति उनलाई अस्पतालमा उपचारका लागि पु¥याएको थियो । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहकी जिल्ला कमिटी सदस्य समेत रहेकी तुलसालाई षडन्त्र पूर्वक फसाईएको भन्दै नेकपाका नेताहरुले समेत प्रहरीमाथि ब्यापक दबाब सृजना गरेको ती प्रहरी अधिकारीले  बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्