कविता : ” कसले सुरक्षा देला प्र म को”



राज कुमार कार्की

सुरक्षा छैन भन्ने कुरो आयो प्र म ओलीको।
पक्कै नि कुरो होला यो कसैको बोलिको।।

के हेरेर बसेको छ सुरक्षा निकाएर सेना ?
प्र म को सुरक्षा गर्न फेरि कस्ले पो देन?

हुन त कुखुराको चल्ला जस्तै भएर मेरे है राजा।
सुरक्षा निकाएले सुरक्षा दिन सक्ला त हिजोआज?

मेरो सुरक्षा भएन भनि भन्दैछ प्र म ओली।
पक्कै हावा नचलिइ पात हल्लिएन होला आजभोलि।।

आफ्नै सुरक्षा छैन भन्छन् आजभोलि नेताको।
जनताको सुरक्षा कस्ले देला कुरो गरौ त्यताको।।

बिकासको मार्छु भन्थे कोही नेता जहिले छ्लाङ।
डेढ लाखको त चाहिएको छैन जनतालाई पलङ।।

सर्प भ्यागुता पाल्ने कसैको पुरा भयो रे इच्छा ।
अब बिच्छी पाल्नु होस प्र म जिउ यही छ सदिच्छा।।

कुर्सी असुरक्षित भएको हो कि प्र म जिउ ज्यान।
नेपाली जनताको खिचियो ऐले त्यता तिर ध्यान।।

प्र म कै सुरक्षा छैन भने के होला जनताको ज्यान!
कानमा तेल हालेर नबस सुरक्षा निकाए देउ त्यता ध्यान।।

प्र म जिउ भ्रष्टाचारीको मुख मात्रै कि दु:ख पनि नहेर्ने?
कस्तो राजनीति हो यो कुर्सीमा नेता मात्रै जहिले फेर्ने।।

कुरो आयो अब यहाँ सुरक्षा निकाए र नेपाली सेनाको।
कठै!कस्ले सुरक्षा देला अब यहाँ मेयरका नै भेनाको।।

लडाइँ हो यो भन्छन् है यहाँ सबले कोदो र तोरीको।
ध्यान दिनु है प्र म जिउ सुरक्षा छैन यहाँ कतै छोरीको।।

धन्यवाद ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्