साहित्य/कला

कविता : ” कसले सुरक्षा देला प्र म को”

By Thah Online

March 02, 2021

राज कुमार कार्की

सुरक्षा छैन भन्ने कुरो आयो प्र म ओलीको। पक्कै नि कुरो होला यो कसैको बोलिको।।

के हेरेर बसेको छ सुरक्षा निकाएर सेना ? प्र म को सुरक्षा गर्न फेरि कस्ले पो देन?

हुन त कुखुराको चल्ला जस्तै भएर मेरे है राजा। सुरक्षा निकाएले सुरक्षा दिन सक्ला त हिजोआज?

मेरो सुरक्षा भएन भनि भन्दैछ प्र म ओली। पक्कै हावा नचलिइ पात हल्लिएन होला आजभोलि।।

आफ्नै सुरक्षा छैन भन्छन् आजभोलि नेताको। जनताको सुरक्षा कस्ले देला कुरो गरौ त्यताको।।

बिकासको मार्छु भन्थे कोही नेता जहिले छ्लाङ। डेढ लाखको त चाहिएको छैन जनतालाई पलङ।।

सर्प भ्यागुता पाल्ने कसैको पुरा भयो रे इच्छा । अब बिच्छी पाल्नु होस प्र म जिउ यही छ सदिच्छा।।

कुर्सी असुरक्षित भएको हो कि प्र म जिउ ज्यान। नेपाली जनताको खिचियो ऐले त्यता तिर ध्यान।।

प्र म कै सुरक्षा छैन भने के होला जनताको ज्यान! कानमा तेल हालेर नबस सुरक्षा निकाए देउ त्यता ध्यान।।

प्र म जिउ भ्रष्टाचारीको मुख मात्रै कि दु:ख पनि नहेर्ने? कस्तो राजनीति हो यो कुर्सीमा नेता मात्रै जहिले फेर्ने।।

कुरो आयो अब यहाँ सुरक्षा निकाए र नेपाली सेनाको। कठै!कस्ले सुरक्षा देला अब यहाँ मेयरका नै भेनाको।।

लडाइँ हो यो भन्छन् है यहाँ सबले कोदो र तोरीको। ध्यान दिनु है प्र म जिउ सुरक्षा छैन यहाँ कतै छोरीको।।

धन्यवाद ।