वैदेशिक रोजगार ठगी मुद्दामा फरार व्यक्ति ९ वर्षपछि पक्राउ



काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरणबाट दोषी ठहर भई विगत ९ वर्षदेखि फरार रहेका एक जना व्यक्ति पक्राउ परेका छन् । नवलपरासीको देवचुली नगरपालिका–१३ का गुरुदत्त पौडेल वैदेशिक रोजगार न्यायाधीकरणको २०६८ साल माघ १७ गतेको फैसलाले दोषी ठहरिएका थिए ।

पौडेलमाथि सिंगापुरमा आकर्षक रोजगारीको प्रलोभन दिएर ४ लाख ५० हजार रुपैयाँ लिएर दुबई पठाएर ठगी गरेको अभियोग लागेको थियो । रिलायवल एचआर सोलुसन प्रा.लि.का सञ्चालकसमेत रहेका पौडेलविरुद्ध न्यायाधीकरणले वैदेशिक रोजगार ठगी मुद्दामा १ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवानाको सजाय हुने फैसला गरेको थियो ।

पौडेललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार काठमाडौंको बागबजारबाट पक्राउ गरेको थियो । ब्यूरोका अनुसार पौडेललाई सोमबार काठमाडौं जिल्ला अदालतंमा पेश गरी फैसला कार्यान्वयनका लागि कारागार पठाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्