विवाह भोजमा गएका युवकको हत्या गर्ने ७ जना विरुद्ध कर्तब्य ज्यान मु द्धा दर्ता



फागुन १८ , दाङ । दाङमा विवाह भोजमा गएका युवकको हत्यामा सम्लग्न भएको आरोपमा पक्राउ परेका ७ जना विरुद्ध प्रहरीले कर्तब्य ज्यान मुद्धा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले घोराही उपमहानगरपालिका-१६ बस्ने २१ वर्षीय राजन चौधरीको कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ परेका विरुद्ध मुद्धा दर्ता गरेर घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा डिएसपि मुकुन्द रिजालले विवाह भोजमा गएका युवाहरु आपसमा बिबाद गरेर कुटपिटपछि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । घटनाको अनुसन्धान पछि मात्रै थप कुरा खुल्ने उनले जानकारी दिए । चौधरीलाई कुटपिट गरेर हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१० जलौरा बस्ने २३ वर्षीय उमेश चौधरीसहित समेत ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको थियो। सो घटनाको अन्यको सलग्नता बारे घटनाको अनुसन्धानपछि सार्बजनिक गरिने रिजालले बताए ।

सोही उपमहानगरपालिका-१० जलौरा नजिक बिवाहको भोजमा गएको अवस्थामा राजनलाई उमेश समेत ६ जनाले कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले कुटपटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका राजनको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचारपछि थप उपचारका लागि लगिएको बुटवल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्