सरकारसँग वार्ताका लागी विप्लव नेकपाद्वारा पनि वार्ता टोली घोषणा



काठमाडौं । सरकारले आन्दोलनरत विप्लव नेतृत्वको नेकपासँग वार्ताका लागी गृहमन्त्री राम बहादुर थापाको नेतृत्वमा वार्ता टोली घोषणा गरेलगत्तै विप्लव नेकपाले पनि वार्ता टोली घोषणा गरेको छ । विप्लवले दोस्रो तहका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा उदयबहादुर चलाउने सदस्य रहेको दुई सदस्य टोली घोषणा गरेको हो ।

यता थापाको सदस्यसँग प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार राजन भट्टराई रहेका छन् । तर सरकारले प्रतिबन्धित विप्लव समुहलाई प्रतिबन्ध फुकुवा भने गरेको छैन । वार्ताकाे लागी दुबै तयारी भएका छन् ।

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्