युवा संगठनको बबई गाउँपालिका स्तरीय सम्मेलन



हेमन्तप्रकाश वली फागुन-१८, दाङ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङ जिल्ला अन्तर्गत बबई गाउँपालिकाको प्रथम गाउँ कमिटी सम्मेलन सम्पन्न भएको छ ।

संगठनका राप्ती व्यूरो इञ्चार्ज अनिलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संगठन नेपाल दाङ संयोजक मनोज, नेकपा शान्तिनगर इञ्चार्ज विजय, नेकपा बबई गाउपालिका इञ्चार्ज प्रतिरोधको सहभागिता थियो भने कार्यक्रमको अध्यक्षता कमलले गरेका थिए ।

गाउँ कमिटीको प्रथम सम्मेलनलाइ सम्बोधन गर्दै प्रमुख अतिथि अनिलले एकीकृत जनक्रान्तिको कार्यदिशाले अधुरो र अपुरो क्रान्ति सम्पन्न गर्ने नयाँ आधार बनेको र त्यसै अनुरुप हजारौं युवाहरु यो आन्दोलनमा सहभागी बनेको बताए ।

उनले युवाहरुलाई वर्गीय मुक्ति, समानता र सबैखाले उत्पीडनका विरुद्धको लडाइँमा रत्तिभर विचलित नहुन आग्रह गरे ।

सम्मेलनले कमलको नेतृत्वमा ११ सदस्यीय गाउँ कमिटी चयन गरेको छ । कार्यक्रमको सहजीकरण युवा संगठन नेपाल बबई गाउँपालिका कमाण्ड इञ्चार्ज शरदले गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्