बालुवाटारमा विप्लव समूहसँग वार्ता



काठमाडौं, १९ फागुन । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच औपचारिक वार्ता सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहानबाट औपचारिक वार्ता सुरु भएको बालुवाटार स्रोतले जनाएको छ ।

मंगलबार सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको थियो ।

विप्लव पक्षले पनि वार्ता टोली गठन गरेको छ । विप्लवले पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को संयोजकत्वमा केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ सम्मिलित वार्ता टोली गठन गरेको गरेका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्