नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा सुरु



फागुन १९ , काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि बैठक बस्न लागेको हो ।

बैठकमा पार्टी संसदीय दलको नेता परिवर्तन गर्ने प्रक्रिया अघि मुख्य एजेण्डा रहेको एक केन्द्रीय सदस्यले बताए । केन्द्रीय कमिटीको बैठक बस्नुअघि बुधबार नै स्थायी कमिटी बैठक बसेको थियो ।

२३ गते संसद बैठकसमेत आह्वान भैसकेकोले अब संसदमा कसरी अघि बढ्ने भन्ने विषयमा प्रचण्ड-माधव समूहले केन्द्रीय कमिटीबाट रणनीति तय गर्ने सम्भावना छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्