सिनामंगल स्थित नेपाल म्यानपावरमा बिभागको छापा, संचालक फरार (भिडियाे सहित)



फागुन १९ , काठमाडौँ । काठमाडौँ  सिनामंगल स्थित नेपाल म्यानपावर प्रालीमा बैदेशिक रोजगार विभागले  छापा मारेको छ । गैरकानुनी तवरले अन्तर्वार्ता लिने, विभागको कानुन बिपरित काम  गर्दै आएरहेको भन्ने गोप्य सुचनाको आधारमा छापा मारेको हो। विभागको टोली सहित मिडिया उक्त म्यानपावरमा पुग्दा संचालक फरार भएका थिए।

 

बैदेशिक रोजगार विभागका अधिकृत चेतन कुमार खत्रीका अनुसार नेपाल म्यानपावरबाट सामान हरु तिन ओटा कम्प्युटर , १२ थान राहादानी , केहि थान रजिस्टर , अन्तर्वार्ता लिने फाइल सहित अन्य प्रमाणहरु अनुसन्धानका लागि बरामद गरिएको बताउनु भएको छ ।बैदेशिक रोजगार विभागले सबै सत्य तथ्य छानबिन गरि कारबाही अघि बढाउने जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्