विप्लवपार्टीसंग भएको वार्ताले छिटै सुखद परिणाम आउने छ – गृहमन्त्री रामबहादुर थापा



प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान साढे सातदेखि ११ बजेसम्म भएको पहिलो चरणको वार्तामा सरकारले विप्लव समूहको पहिलो शर्त कार्यान्वयनको सिलसिलामा उसका नेता तथा कार्यकर्ता रिहा गर्ने सर्त साथै सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले हातहतियार सरकारलाई बुझाउने माग साथै दोहोरो पक्षबाट अन्य मागहरु समेत रहेको बुझिएको छ । अब अर्को वार्ता छलफल कहिले बस्ने भने खुलाइएको छैन ।पहिलो चरणको वार्ता पछि सरकारको तर्फबाट वार्ताको नेतृत्व गरेका गृहमन्त्री बादलले लेखेका छन् ।

मेरो नेतृत्वमा रहेकाे नेपाल सरकारकाे वार्ता टाेली र विप्लव नेतृत्वकाे नेकपाकाे प्रकाण्डको नेतृत्वमा रहेकाे वार्ता टाेलीबीच आज भएको पहिलाे चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख छ । धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक छ, केही विषयमा छलफल जारी छ । छिट्टै सुखद परिणाम आउने अपेक्षा छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्