सुवास नेम्वाङसहित ७ जना नेतालाई ६ महिनाका लागि निलम्बन



फागुन १९, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले सुवास नेम्वाङसहित ७ जना नेतालाई ६ महिनाका लागि निलम्बन गरेको छ । प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, केन्द्रीय सदस्यहरू शान्ता चौधरी, विशाल भट्टराई, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई निलम्बन गर्ने निर्णय गरेको हो ।

नेम्वाङ नेकपा संसदीय दलको उपनेता, चौधरी सचेतक तथा भट्टराई प्रधानमन्त्री ओलीले हालै नियुक्त गरेका मुख्य सचेतक हुन् ।प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीलाई यसअघि नै सो समूहले निष्कासन गर्ने निर्णय गरिसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्