शेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं। मंगलबार उच्च अंकले ओरालो लागेको शेयर बजारमा बुधबार पनि दोहोरो अंकको गिरावट आयो। उतारचढाव बिच बजार परिसुचक नेप्से ३९ अंकले ओरालो लागेर २४ सय १६ बिन्दुमा आई थामियो।

यसदिन अधिकाशं समुहमा गिरावट आउदा शेयर बजारमा पनि गिरावट आएको हो। बुधबार क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ ईन्डेक्स पनि ७ प्रतिशत भन्दा बढि अंकले ओरालो लागेको छ। यसदिन व्यापार समुह सबैभन्दा बढि ९ प्रतिशतले उकालो लागेको छ।

बुधबार जीवन बिमा समुहमा सबैभन्दा उच्च ४ सय ५२ अंकको गिरावट आउदा निर्जिवन बिमा समुह १ सय ६७ अंकले ओरालो लाग्यो। उत्पादन समुह ८७, अन्य समुह ८४ अंकले ओरालो लागेका छन्।

यस्तै लघुवित्त समुहमा पनि ५६ अंकको गिरावट आयो भने व्यापार समुह उच्च ३ सय ६ अंकले उकालो लाग्दा होटल तथा पर्यटन समुहमा पनि ३५ अंकको सुधार आएको छ। बुधवार २९ कम्पनीको शेयर मुल्य बढ्दा १ सय ३९ कम्पनीको मुल्यमा गिरावट आएको छ।

सात कम्पनीको मुल्य स्थीर रहेको नेप्सेले जनाएको छ । यसदिन दुई सय १२ कम्पनीको १ करोड १३ लख बढी कित्ता शेयर ६ अर्ब २५ करोड बढीमा कारोवार भएको एक्सचेन्जले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्