संसदमा पेस हुने बारे निर्णय गर्न कांग्रेस बैठक बस्दै



काठमाडौं । पुनर्स्थापित संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा दिउसो तीन बजे बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा पूर्वपदाधिकारीहरु पनि सहभागी हुने मुख्य सचिव पौडेलले बताए । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद बैठक विघटन गरेकी थिइन् । सर्वोच्च अदालतले भने यही फागुन ११ गते संसद विघटनको निर्णय असंवैधानिक ठहर गरेको थियो ।

सर्वोच्चले १३ दिनभित्र संसद बैठक आह्वान गर्न निर्देशन दिएअनुसार २३ गते अपराह्न ४ बजे संसद बैठक बस्दै छ ।

संसद बैठकमा कांग्रेस प्रधानमन्त्री ओलीको साथमा उभिन्छ कि प्रचण्ड–माधव पक्षमा भन्नेमा चासो छ । नयाा सत्ता समीकरणमा कांग्रेस निर्णायक भूमिकामा छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्