स्वर्गीय आमाको सम्झनामा भुसाल दम्पतिद्धारा विद्यालयमा अक्षयकोष स्थापना



तिर्थराज ज्ञवाली
दाङ । आफ्नी स्वगीय आमाको सम्झनामा राप्ती गाउँपालिकामा एक जोडिले विद्यालयमा अक्षयकोष स्थापना गरिदिनु भएको छ । राप्ती गाउँपालिका वडा नं ३ मसुरीया बस्ने छोरा सुरेन्द्र प्रसाद भुसाल तथा बुहारी लक्ष्मी बन्जाडे भुसालले आमा तथा सासुआमा उमकला भुसालको स्मृतिमा श्री दुर्गा भवानी आधारभुत विद्यालय मसुरीयामा अक्षयकोष स्थापना गरिदिनु भएको हो ।

आमा निरक्षर भएपनि आमाको शिक्षा प्रतिको मोह तथा शिक्षा क्षेत्रमा र सामाजिक कामका लाग्न आफुलाई प्रेरित गर्ने गरेको सम्झनामा भुसाल द्धयले विद्यालयमा १ लाख १ हजार १ सय ११ रुपैयाको अक्षयकोष स्थापना गरिदिनु भएको हो । २००७ सालमा जम्मनु भई २०७६ साल भाद्र १९ गते स्वर्गारोहण हुनुभएकी आमाको हिन्दु परम्परा अनुसार मृत्यु पछि गरिने विभिन्न संस्कार मध्यको भुमि दान, द्रब्य दानलाई हामीले शिक्षा क्षेत्रमा लगाउने र आमाको युगौ युगसम्म सम्झना रहिरहने उदेश्यले श्री दुर्गा भवानी आधारभुत विद्यालय मसुरीयामा १ लाख वढिको अक्षयकोष स्थापना र ५० हजारको भुमि खरिदका लागि दान गरेका हौ सुरेन्द्र प्रसाद भुसालले बताउनु भएको छ ।

दाता भुसालले अक्षयकोषको स्थापना बाट शैक्षिक क्षेत्रमा विद्यालयमा उत्कृष्ट हुने बिद्यार्थिलाई प्रोत्साहन गर्न सकिने जस्ले गर्दा विद्यार्थिमा मेहनत गरि पढ्ने बानीको विकास गर्न सकिने बताउनु भएको छ । विद्यालयको २४ औ बार्षिक उत्सवको अवसरमा भुसालले विद्यालयका प्रधानाध्यापक सुर्य प्रकाश भण्डारीलाई अक्षयकोषको रकमको चेक हस्तान्तरण गर्नु भएको हो ।

विद्यालयका प्रधानाध्यापक सुर्य प्रकाश भण्डारीका अनुसार २ सय ६८ जना विद्यार्थी रहेको विद्यालयमा ८ कक्षा सम्म ९ जना शिक्षक कर्मचारीद्धारा पठनपाठन भैरहेको र विद्यालयलाई नमुना बिद्यालय बनाउने प्रयासमा दाताहरुको आर्थिक तथा भौतिक सहयोग उपलब्धी मुलक रहेको बताउनु भएको छ ।

भुसालले स्थापना गर्नु भएको अक्षयकोष संचालन निर्देशिका अनुसार अक्षयकोष नेपाल बैकमा मुद्धति खातामा राखी बार्षिक आउने ब्याजको ७५ प्रतिशत रकम बाट उत्कृष्ट हुने बिद्यार्थिलाई प्रोत्साहन रकम उपलब्ध गरिने र २५ प्रतिशत रकम अक्षयकोषमा जम्मा गर्दै लैजाने प्रधानाध्यापक सुर्य प्रकाश भण्डारीले बताउनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्