अपराध

घोडाघोडीमा बलात्कार गरेको आरोपमा एक जना पक्राउ

By Thah Online

March 04, 2021

कैलाली। कैलालीको घोडाघोडी नगरपालिकामा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा घोडाघोडी नगरपालिका–१ सुखडका १९ वर्षीय प्रलब बुढाथोकीलाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको हो । युवकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको प्रहरी जनाएको छ ।