सैघाली खबर,‘
तुलसीपुर ३ माघ ।
मानबिय क्रियाकलापले गर्दा नै जलबायु परिबर्तन हुँदै गएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । तुलसीपुरमा भएको दुई दिने जलवायु परिबर्तन सम्बन्धि सम्मेलनमा बक्ताहरुले यस्तो वताएका हुन् । जलबायु परिबर्तनका लागि नेपाली युवा सञ्जाल दाङद्धारा आयोजना गरिएको सम्मेलनमा हरितगृह ग्याँसको उत्सर्जनमा बृद्धि भै वायुमन्डल तातिंदै जानाले स्थान विशेष अनुरूप जलवायु पनि परिवर्तन हुंदै गएको बक्ताहरुको भनाई थियो । जलवायु परिवर्तनको कारण वर्षा प्रकृया तथा ऋतुकालमा समेत परिवर्तन आएको उनीहरुको भनाई थियो ।
सञ्जालका संयोजक राजेश कुँवरको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपमेयर माया आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बक्ताहरुले जलस्रोत, कृषि, वन तथा जैविक विविधता, स्वास्थ्य, प्रकोप, पूर्वाधार विकास, पर्यटन तथा जिविकोपार्जनसंग सम्बन्धित विभिन्न क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव परेको बताएका थिए ।
जलवायु परिवर्तनबाट नेपाल पनि अत्यन्तै प्रभावित भएकोले यसलाई सम्बोधन गरी पहाड र तराई लगायत पर्वतीय क्षेत्र, यहाँका जनता र तिनको जीविकोपार्जन तथा परिस्थिकीय प्रणालीमा परिरहेको असर र पर्न सक्ने प्रभावलाई न्यून गर्न नीतिगत व्यवस्था गरी कार्यक्रम कार्यान्वयन गर्नु अत्यावश्यक भएको उनीहरुको भनाई थियो ।
कार्यक्रमको सहजीकरण सञ्जालका तुलसीपुर युनिट अध्यक्ष सञ्जय अर्यालले गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।