देउखुरी उद्योग बाणिज्य संघको चुनाब २५ गते, माहोल तातिँदै



दाङ । देउखुरी उद्योग बाणिज्य संघको नंया कार्यसमिति चयनका लागि यही २५ गते निर्बाचन हुने भएको छ । बिहिवार लमहीमा पत्रकार सम्मेलन गर्दै निर्बाचन समितिले निर्बाचन कार्यक्रम सार्बजनिक गरेको हो । लमही नगरपालिका केन्द्रित देउखुरी उद्योग बाणिज्य संघको चुनावी माहोल अहिले तातिएको छ ।

निर्बाचन संयोजक लिलाराम खनालका अनुसार सहमतीमा नया कार्यसमितिको टुँगो लगाउने कसरत भईरहेको छ । तर, अझै भन्न सकिने अबस्था चाहिँ छैन, उम्मेद्वारी सहमतीमा नआए चुनाब निश्चित हो उनले भने । यो भन्दा अगाडि तामझाम सहित चुनाबबाटै कार्यसमिति टुँगो लगाएको बाणिज्य संघको अहिलेको चुनाबी माहोल भने केही फितलो छ । ब्यबसायी हरुपनि सहमतीमा जाने अनुमान गर्न सकिन्छ ।

निर्बाचन कार्यक्रम अनुसार यहि २१ गते १ बजे मतदाता नामावली प्रकाशन, सोही दिन १ देखि ४ बजेसम्म मतदाता नामावलीमा दावी र ५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ । त्यस्तै २२ गते ९ देखि १ बजेसम्म उम्मेद्वारी मनोनयन दर्ता, सोहीदिन ३ बजे उम्मेदवारीहरुको नामावली प्रकाशन र ३ देखि ५ बजेसम्म उम्मेदवारी माथी दाबी बिरोध गर्न सकिने प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै २३ गते ११ बजे मनोनयन फिर्ता, १२ बजे सम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन, सोहिदिन १ बजेसम्म नमुना मतपत्र प्रदान र १ बजेदेखी २४ गते बेलुका सम्म प्रचार प्रसार गर्ने कार्यक्रम रहेको निर्बाचन संयोजक लिलाराम खनाल, सदस्यहरु प्रकाश कुमार जिसी र नवाफ अलि द्वारी हस्ताक्षेरित बिज्ञप्तीमा जनाईएको छ । चुनाब प्रचार प्रसार पश्चात् फागुन २५ गते बिहान ८ बजेदेखी बेलुका ४ बजेसम्म लमहीको सार्बजनिक बगैचामा मतदान हुने जनाईएको छ ।

एकहजार बढि मतदाता रहेको देउखुरी उद्योग बाणिज्य संघको कार्यसमितिमा एकजना अध्यक्ष, २ उपाध्यक्ष, १ कोषाध्यक्ष, १ महासचिब, १ सचिब, ५ जना खुल्ला सदस्य र २ जना महिला सदस्य गरि १३ जना रहने प्राबधान रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्