काठमाडौं । सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले वार्तामा भएको सहमति अनुसार प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले सरकारी वार्ता टोली र विप्लव समूहको वार्ता टोलीबीच भएको ३ बुँदे सहमतिलाई पनि अनुमोदन गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताए ।
वार्तामा भएका सहमति सहित सरकार र विप्लव पक्ष शुक्रबार सार्वजनिक कार्यक्रममार्फत जनता समक्ष प्रस्तुत हुँदैछन् । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र विद्रोही नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सम्बोधन गर्दैछन् ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।