काठमाडौँ। बहराइनको राजपरिवारका एक सदस्यसहित १६ जनाको टोलीले सर्वोच्च शिखर सगरमाथा आरोहणका नेपाल आउने भएको छन्। सगरमाथा आरोहणका लागि उक्त टोली आगामी चैत २ (१५ मार्च) मा नेपाल आउन लागेको नेपाली राजदूतावास बहराइनले जनाएको छ।
बहराइनस्थित नेपाली राजदूत पदम सुन्दाससँग भेट गर्दै आरोहण दलका केही सदस्यहरूले उक्त जानकारी गराएका हुन्। मनामास्थित दूतावासमा आज (बिहीबार) राजदूत पदम सुन्दाससँग आरोहण दलका केही सदस्यले छलफल गरेर यसबारे जानकारी दिएका छन्।
आरोहण दलमा बहराइन रोयल गार्डमा कार्यरत १३ जना बहराइनी र ३ जना बेलायती नागरिक रहेका छन्। विशेष विमानबाट नेपाल आउन लागेको उक्त टोली नेपालमा ७९ दिनसम्म बस्नेछ।
यसअघि गत असोजमा बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको सोही टोलीले आठ हजार एक ६३ मिटर अग्लो मनास्लु र छ हजार ११९ मिटर अग्लो लुबुचे हिमालको सफल आरोहण गरेका थिए। आरोहणका लागि आवश्यक बन्दोबस्ती नेपालस्थित सेभेन समिट ट्रेक्सले मिलाइरहेको जानकारी दिइएको छ। यो टोलीले सन् २०२० को अक्टोबरमा लोबुचे पीक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।