प्रहरीको गोलीबाट भारतीय तस्कर मारिए



कञ्चनपुरको बेलौरीमा भारतीय तस्कर र प्रहरी बीच गोली हानाहान भएको छ । भारतीय तस्कर र नेपाल प्रहरीबीच दोहोरो भिडन्त हुँदा भारतीय पक्षका युवक मारिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले नेपाल प्रहरीमाथि भारतीय तस्कर गिरोहले बेलौरी नगरपालिका–७ पौलाहास्थित नेपाल–भारत सीमा क्षेत्रमा फायर गरेको जानकारी दिए ।

जवाफी फायरमा नेपाल प्रहरीले चलाएको गोलीबाट भारतीय युवक मारिएका हुन् । मृतकको अन्दाजी २५ वर्षीय भारतीय युवकको साथबाट नक्कली नोट छाप्ने मेशिन, कागजत र लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । घटनापछि नेपाल प्रहरीले घटनास्थल नियन्त्रणमा लिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्