प्रथम वडास्तरीय मेयर कप भलिबल प्रतियोगितामा वडा नम्बर ५ र ७ विजयी



सुबिन विश्वकर्मा(बराहक्षेत्र)
बराहक्षेत्रमा पहिलोपटक “द पुलहा युथ क्लब” ले आयोजना गरेको प्रथम वडास्तरीय मेयर कप नकआउट भलिबल प्रतियोगिताको पहिलो खेलमा बराहक्षेत्र वडा नम्बर ५ र ७ विजयी भएका छन् ।
आज (बिहिवार) भएको उदघाटन खेलमा बराहक्षेत्र ७ ले १०-२५ को सोझो सेटमा वडा नम्बर ८ लाई पराजित गरेको हो ।
त्यस्तै, आजै भएको दोस्रो खेलमा आयोजक वडा नम्बर ४ लाई बराहक्षेत्र ५ ले २२-२५ र २०-२५ को सेटमा पराजित गरेको थियो ।

जितसँगै ५ र ७ नम्बर वडा सेमिफाइनलमा प्रवेश गरेका छन भने भोलीको प्रतियोगिताको पहिलो खेल बराहक्षेत्र १ र ३ का बीच हुनेछ भने विजेताले वडा नम्बर ४ सँग प्रतिस्पर्धा गर्नुपर्ने र सो जितपछी उक्त टिम सेमिफाइनलमा प्रवेश गर्नेछ । त्यसैगरी भोलि नै बराहक्षेत्र ९ र १० का बीच दोस्रो खेल हुनेछ ।

आजको पहिलो खेलमा आयोजकका प्रदिप खड्का म्यान अफ द म्याच घोषित भएका थिए । योसँगै उनले १ हजार नगद प्राप्त गरे भने यसको प्रायोजन बराहक्षेत्र -८ पुलहा तुलसी घिमिरेले गरेका हुन् ।
बराहक्षेत्र नगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रतियोगिता क्लबको मैदान बराहक्षेत्र ८, पुलहामा हुनेछ भने खेलमा बराहक्षेत्रका ११ वडा आमन्त्रित छन् । यद्यपि खेलमा १,३,४,५,७,८,९,१० सहित आयोजक गरी ९ टिमको सहभागिता रहको क्लबका अध्यक्ष दिवानसिंह राइले जानकारी दिए ।

आज भएको उदघाटन समारोहको औपचारिक कार्यक्रममा क्लबका अध्यक्ष दिवानसिंह राईको सभादक्ष्यता रहेकोे थियो भने प्रमुख अतिथि बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल रहेका थिए । त्यस्तै, बराहक्षेत्रकि उपमेयर कमला मगर, वडाअध्यक्षहरु आशाराम चौधरी र फडिन्द्र भट्टराई, कांग्रेस नेताहरु बाबुराम बिस्ट, राजदिप लामा लगायतको समेत उपस्थिति रहेको थियो ।

क्लबका विभिन्न सामाजिक, सांस्कृतिक तथा शैक्षिक र लकडाउनको समयमा क्लबको तर्फबाट गरेको सहयोगले पनि यस् प्रतियोगिताको लागि देश तथा विदेशबाट सहयोग जुट्ने क्रम रहेकोे क्लबका सचिव रूपक बिस्टले बताए । आजको कार्यक्रमका स्वागत मन्तव्य राखेका राजेन्द्र खड्का क्लबको विभिन्न कार्यमा सक्रिय सदस्यका रूपमा कार्यरत छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय हुने टिमले क्रमशः २५ हजार र १५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउँनेछन् । उनका अनुसार २२ गते सेमिफाइनलका खेल र २४ गते सोमबार फाइनल खेल हुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्