कविता : गिनिज बुकमा नाम लेखाउन जादैछन् रे भाले



जस्को बन उस्कै हो धन भन्थे उहिले बाले।
बनलाई त मैले पो अक्सिजन देको भन्न थाले।।

गिनिज बुकमा नाम लेखाइ दिन्छु भन्थे भाले।
त्यसैले होला यी एक जोर भाले त्यता जान थाले।।

बिल्गेट्स भन्दा पनि धनी रहेछन् बन मन्त्री आले।
पधेरामा पनि गाइँगुइँ यस्तै पो कुरा चल्न थाले।।

बल्लबल्ल पायो यो देशले एक बन मन्त्री राम्रो।
कठै!चुहान डाँडाघरे काकाको नाक कति भयो होला चाम्रो।।

अरु पनि यस्तै – यस्तै मन्त्री भर्ती गर्नु होस प्र म जिउ।
तब मात्रै निकाल्छ है देशले साम्यवादको नौनी घिउ।।

प्र म जिउ निस्कदैन भने कोदो र तोरीको तेल।
कसरी पाक्छ होला त अब चिसा घरमा सेल।।

सबै जना भन्दैछन् कोदो र तोरीको जाँड बनाए राम्रो।
होलिवाइनले त कमसेकम पैसा खादैन थियोे हाम्रो।।

जाँड बनौदा राम्रो पुँजीवादी मर्चा नै हालेर।
यस्तै राम्रा- राम्रा मन्त्री भर्ती गर्नु प्र म जिउ सबलाई फालेर।।

कुन दिन यी मन्त्रीले भन्छन् मैले बचाको काङ्ग्रेसको रुख।

लौत! अब काङ्ग्रेसले पाउला त नमाने र सुख।।

जादैछन् गिनिज बुकमा नाम लेखाउन यी जोडी भाले।
पानी जहाजमा नै पो टिकट काट्दिदै छन् रे काका बाले।।

धन्यवाद ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्