corona-khop sf]le8lj?4sf] vf]k nufpg] tof/Ldf lrlsT;s sf]le8–!( vf]k cleofgcGtu{t a''waf/ z''qm/fh 6«lksn tyf ;?jf /f]u c:ktfn 6]s'' vf]k s]Gb|df sf]le8lj?4sf] vf]k nufpg] tof/L ub}{ lrlsT;s . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

मुख्य समाचार

खोप दिने प्राथमिकताको प्रक्रियामा अर्को पटक परिबर्तन

By Thah Online

March 05, 2021

फागुन २१ , काठमाडौं । खोप दिने प्राथमिकताको प्रक्रियामा अर्को पटक परिबर्तन  भएकाे  छ । सरकारले आगामी २३ फागुनदेखि शुरु गर्न लागेको कोभिडविरुद्धको खोपको दोस्रो चरणको अभियानमा पहिलो प्राथमिकतामा ६५ वर्ष माथि राखे  अनुसारको खोप नआएपछि यसअघि ५५ वर्ष माथिकालाई दिइने भनेर गरिएको निर्णयलाई संसोधन गरी ६५ वर्ष पुर्‍याइएको हो । यसअघि ६० वर्ष माथिकालाई खोप दिने तयारी गरे तापनि संशोधन गरेर ५५ वर्ष पुर्याइएको थियो ।

सरकारले दुई साताभित्र २० लाख डोज कोभिसिल्ड ल्याइपुर्‍याउने गरी सिरम इन्स्टिच्युट अफ इन्डियालाई अग्रिम भुक्तानी गरेको थियो । सिरमले सम्झौताअनुसार १० लाख डोज पठाए पनि दोस्रो डोज समयमै पठाउन नसकेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले बताए । सोही कारण खोपको उपलव्धता अनुसार पहिलो दोस्रो चरणको पहिलो प्राथमिकतामा ६५ वर्ष माथिकाहरुलाई राखिएको हो ।

सिंहले ८–१० दिनमा यो उमेर समूहकाले पाइसक्दा थप खोप पनि आइसक्ने भएकाले सोहीअनुसार योजना परिवर्तन गरिएको बताए । ‘सिरमले सम्झौताअनुसार बुधबारसम्म थप १० लाख डोज पठाउनै पर्ने थियो । तर पठाउन सकेन । अब आउँदो आइतबारसम्म पठाउँछु भनेर आश्वासन दिएको छ,’ महानिर्देशक सिंहले भने ।

यता स्वास्थ्य मन्त्रालयमा बिहीबार बसेको मन्त्री, सचिव, प्रमुख विशेषज्ञ, विज्ञहरु सम्मिलित बैठकले हिमाली जिल्ला र हिमाली भेगमा भने २३ फागुनदेखि नै ५५ वर्ष माथिकालाई खोप दिने निर्णय गरेको छ ।

महानिर्देशक डा सिंहले शिक्षक, प्राध्यापक तथा सवारी चालकहरुलाई पनि ६५ वर्ष माथिको उमेर समूहले खोप पाइसकेपछि मात्रै दिने योजना बनाइएको बताए ।