kp oli

Banner First

ओलीविरुद्ध रणनीति बनाउने तयारी सहित, प्रचण्ड-माधव समूह र कांग्रेसको बैठक बस्दै

By Thah Online

March 05, 2021

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल पक्षको संसदीय दलको बैठक बस्दैछ। शुक्रबार दिउँसो १ बजे सिंहदरबारमा बैठक बस्ने भएको हो ।

आजको बैठकमा  आइतबार बस्ने प्रतिनिधिसभा बैठक र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्तावबारे छलफल हुने एक सांसदले बताए। उनले प्रधानमन्त्री अ‍ोलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने जानकारी दिए।

त्यस्तै बैठकले यही फागुन २३ गते बस्ने पुनःस्थापित संसदको बैठकमा सांसदहरुले खेल्ने भूमिकाबारे नेताहरुले निर्देशन दिनसक्ने छन्। उता नेकपा ओली समूहले पनि शनिबार संसदीय दलको बैठक बोलाएको छ।  यसअघि प्रचण्ड-माधव समूहले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चयन गर्दै प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो। यद्यपि सो अविश्वासको प्रस्तावको सट्टा नयाँ अविश्वासको प्रस्ताव तयार पार्ने दलहरुको तयारी छ।

यता, कांग्रेस संसदीय दलको बैठकले ओलीको बिदाई वा सरकार नयाँ सरकार गठनको विषयमा पदाधिकारी बैठकमा भएको छलफलको आधारमा थप छलफल गर्ने तयारी छ। कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेर जाने, आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने अथवा ओलीविरुद्ध प्रचण्ड–माधवसँग मिलेर सरकार बनाउने विकल्पमा छलफल गरिरहेको छ।