मुख्य समाचार

विप्लव समूहका नेता बाँस्तोला रिहा

By Thah Online

March 05, 2021

 फागुन २१, काठमाडाैं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका नेता धर्मेन्द्र बाँस्तोला काभ्रेपलाञ्चोकबाट रिहा हुनुभएको छ । सरकारसँग तीन बुँदे सहमति भएसँगै उहाँ शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट रिहा हुनुभएको हो ।

११ दिनदेखि उहाँ काभ्रे हिरासतमा हुनुहुन्थ्यो । प्रहरीले संगठित अपराध, आगजनी लगायतका मुद्दामा उहाँलाई पक्राउ गरेको थियो । उहाँ रिहा भएसँगै उहाँलाई परिवार तथा पार्टीका नेता कार्यकर्ताले स्वागत गरेका थिए ।  रिहा भएसँगै उहाँलाई प्रहरीले सुरक्षाकर्मीसहित काठमाडौं पठाएको छ । उहाँले वार्ताले मुलुकलाई सही निकास दिने बताउनुहुँदै राजनैतिक ढंगले समाधान गर्न खोजिएकाले आफूहरु वार्ताका लागि तयार भएको बताउनुभयो । सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले कम्युनिष्ट पार्टीहरुबीचको एकता आवश्यक भएको बताउनुभयो ।