Banner First

प्रधानमन्त्री र विप्लवकाे राजनीतिक रणनीतिबारे बालुवाटारमा छलफल

By Thah Online

March 05, 2021

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। शुक्रबार बिहान नवलपरासीबाट काठमाडौँ आएका विप्लव सोझै बालुवाटार प्रवेश गरेका हुन्। विप्लवसँगै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि बालुवाटार प्रवेश गरेका छन्।

विप्लव बा १३ च ३१३४ नम्बरको गाडी चढेर बालुवाटार प्रवेश गरेका हुन्। महासचिव विप्लव र प्रधानमन्त्री ओलीबीच भावी राजनीतिक रणनीतिबारे छलफल हुने श्रोतले बतायो।

सरकार र विप्लव समूहबीच बिहीबार मात्रै तीन बुँदे सहमतिमार्फत शान्ति वार्ता सफल भएको घोषणा गरिएको थियो। उक्त सहमतिबारे बिस्तृत विवरण आज सार्वजिनक गर्ने तयारी छ। राष्ट्रियसभामा दिउँसो आयोजना हुने उक्त समारोहमा विप्लव र प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने छन्।